काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ । डा. पानसिंह ठगुन्नाको अध्यक्षतामा गठित प्रदेश समितिको उपाध्यक्षमा डा. खेमराज उपाध्याय, सचिवमा डा. विशला चन्द, सहसचिवमा डा. प्रमोद उपाध्याय र कोषाध्यक्षमा डा. रामचन्द्र जोशी रहेका छन् ।
सदस्यमा डा. भोजराज पाण्डे, डा. खड्ग कडायत, डा. दिगम्बर जोशी, डा. पार्वती कडायत, डा. पूजा केसी र डा. भुवनराज भट्ट रहेको एसोसिएसनले जनाएको छ ।






