‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । आगामी असार ८ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख पात्रहरू सबैलाई समेटिएको छ । एक मिनेटको टिजरमा चलचित्रमा भएको सस्प्नेस, थ्रिलर, इमोसनलाई देखाउन खोजिएको छ ।

लण्डनमा बस्दै आउनुभएका निर्देशक प्रदीप शाहीको निर्देशन तथा लेखनमा बनेको चलचित्र साई प्रोडक्सन नेपालको ब्यानरमा हृयाम्साएर एकाउन्टेनको सहकार्य छ चलचित्र ‘अन्तिम संस्कार’ मा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता हुनुहुन्छ । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि’ को कथालाई चलचित्रमा समावेश गरिएको छ ।

ADVERTISEMENT

चलचित्रमा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारीलगायतको अभिनय छ । बाबु श्रेष्ठको छायांकन र रूपेश गुरुङको सम्पादन रहेको चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुनुहुन्छ । चलचित्रलाई एप्पल इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?