वैकल्पिक ऊर्जाको प्रमुख कार्यकारीमा ढकाल

Read Time = 2 mins

काठमाडौं । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ढकाललाई चार वर्षका लागि केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्न गत फागुन १४ गते प्रस्तावसहितको दरखास्त आहृवान गरेको थियो । समितिले उम्मेदवारको योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनासहितको प्रस्ताव मूल्यांकन तथा प्रस्तुतीकरण र अन्तर्वार्तासमेतबाट तीनजनाको नाम सिफारिस गरेकोमा सरकारले ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

विगत लामो समयदेखि केन्द्रकै नायब कार्यकारी निर्देशक पदमा कार्यरत ढकाल कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीको कार्यकाल समाप्तिसँगै निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । सिफारिस समितिको सिफारिसमा केन्द्रमै कार्यरत ढकालसहित डा. सूर्यकुमार सापकोटा र जल तथा ऊर्जा आयोग सचिवालयमा कार्यरत डा. किरण गौतम परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज