काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज अपरान्ह बैठक बस्न लागेको हो ।
बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल हुनेछ ।
गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता