अहिलेको वर्षायाममा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण, अधिकतम तापक्रम बढ्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले बिहीबार एक कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन समय (जेठ १८ देखि असोज १३गते) को हावापानी आँकलन प्रक्षेपण गरेको हो । विभागले सन् २०१३ देखि हरेक वर्ष मनसुनको समय सुरु हुनुपूर्व ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको हावापानी आँकलन सरोकारवालालाई प्रवाह गर्दै आइरहेको छ । यसै सिलसिलामा विभागले बिहीबार सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको वर्षा तथा तापक्रमको आँकलनको जानकारी गराएको छ ।

मौसमविद् सुदर्शन हुमागाईंले कोशी प्रदेशका मध्य तथा उत्तर-पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिण-पूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘हामीसँग ऋतुगत प्रक्षेपण गर्न गाह्रो छ । तथ्यांकको अभाव छ । उच्च पहाडी र हिमालमा स्टेसन कम भएकाले कति पानी प¥यो भनेर भन्न सकिएको छैन ।’

यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानविशेष फरक रहेको छ । कर्णाली प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका धेरैजसो भूभाग, सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरका थोरै भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी तथा मध्य भू-भाग र कोसी प्रदेशका दक्षिणी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ ।

ADVERTISEMENT

विभागका अनुसार आगामी मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भूभाग, बागमती प्रदेशका दक्षिण-पूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । यसैगरी अधिकतम् तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ रहेको विभागले जनाएको छ । न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना छ ।

धेरैजसो भूभागमा न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । यस्तै, सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली प्रदेशका मध्यपश्चिमी भूभाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र मधेश प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

यस कार्यक्रमको प्रमुख उद्देश्य आगामी मनसुन समयको वर्षा तथा तापक्रमको ऋतुगत आँकलनबारे जानकारी गराइनाका साथै छलफलमार्फत सरोकारवालाको आवश्यकता पहिचान गरी सोहीअनुसार विभागको सेवा प्रवाहको सुदृढीकरण, सरोकारवालालाई मौसम तथा जलवायु सूचनाका बारेमा जानकारी गराई आ–आफ्नो क्षेत्रको आगामी योजना तर्जुमालगायत जलवायु सूचित निर्णय प्रक्रियामा सहयोग पु¥याउनु रहेको विभागको भनाइ छ । गत वर्ष बर्खामा भने १३३५.८ मिलिमिटर पानी परेको थियो । तर, मनसुन लम्बिएर दशैँताका देशभर पानी पर्दा धानबालीमा क्षति पुर्‍याएको थियो । नेपालमा १३ जुनदेखि २ अक्टुबरसम्मको अवधिलाई मनसुन भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?