काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पताल भरतपुरबीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण सेवाग्राहीले मनकामना अस्पतालले प्रदान गर्ने ओपिडी सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटी शुल्क, सिटिस्क्यान, आइसियूलगायत एनआइसियू, एचडियू/नर्सरी सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
अस्पतालले प्रदान गर्ने सो सेवासुविधामा बैंकका कर्मचारीले २० प्रतिशतसम्मको र बैंकका ग्राहक महानुभावले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts