सेयर बजार दोहोरो अंकले बढ्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । साताको सुरुदेखि नै निरन्तर घट्दोक्रममा रहेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन भने दोहोरो अंकले बढेको छ । शुक्रबार नेप्से १२.७३ अंकले बढेको हो । साताको पाँच कारोबार दिनमा नेप्से ४८.६९ अंकले घटेको थियो ।

त्यसैगरी ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि २.०७ अंकले बढेर ३५७.९१ अंकमा पुगेको छ । कारोबार रकम १० करोड रुपैयाँले बढेको यस दिन ७३ करोड २६ लाख ८९ हजार आठ सय १२ रुपैयाँ बराबरका २५ लाख ३३ हजार सात सय १४ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबारमा आएका दुई सय ७६ कम्पनीमध्ये एक सय ८६ वटाको मूल्य बढेको छ भने ७५ वटाको घटेको छ । १४ वटाको स्थिर रहेको छ । कारोबारमा आएका १३ वटै समूहगत सूचक बढेका छन् । निर्जीवन बीमा सर्वाधिक १.५५ प्रतिशत, वित्त १.३२ र जलविद्युत् १.२५ प्रतिशतले बढेका छन् ।

ADVERTISEMENT

एनआइबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक ९.८६ प्रतिशतले बढेको छ भने लक्ष्मी लघुवित्तको सेयरमूल्य ९.१६, सयपत्री हाइड्रोपावर ८.३७, आत्मनिर्भर लघुवित्त ८.२० र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ७.२० प्रतिशतले बढेको छ । एनएमबी बैंकको ऋणपत्र ८.५० प्रतिशतको मूल्य सर्वाधिक ५.८५ प्रतिशत घटेको छ भने नेपाल एसबिआई बैंकको ऋणपत्र २०८३ को मूल्य ५.३८, इष्टर्न हाइड्रोपावरको चार, बाराही हाइड्रोपावर ३.०८ र रुरु जलविद्युत्को सेयरमूल्य २.७० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको नबिल बैंकको संस्थापक सेयर चार करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट्स दुई करोड २१ लाख ५५ हजार, नबिल बैंक एक करोड ९६ लाख १२ हजार, हिमाल दोलखा हाइड्रोपावर एक करोड ८४ लाख ४७ हजार र एभरेष्ट बैंकको एक करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबारको कारोबारसँगै सेयर बजारको कुल बजार पुँजीकरण २७ खर्ब २४ अर्ब ५९ करोड ३२ लाख रुपैयाँमा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज