सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकले गोली चलाउँदा नौजनाको मृत्यु भएको छ ।  प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौजनाको मृत्यु भएको र सातजना घाइते भएका छन् ।

मृत्यु हुनेमा आठजना विद्यार्थी र एकजना सुरक्षागार्ड रहेका छन् । घाइते हुनेमा ६ जना विद्यार्थी र एकजना शिक्षक छन् । योजनाबद्ध रुपमा ती बालकले गोली चलाएको र उनलाई पक्राउ गरिएको सर्बिया प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

सो घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति एलेक्जेन्डर बुसिकले तीनदिने शोकको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज