निजामति कर्मचारीद्वारा सिंहदरबारमा सांकेतिक धर्ना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । निजामति कर्मचारीहरुले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन् ।

बिहीवार संघीय निजामति कर्मचारी सेवा ऐनको माग गर्दै निजामति कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन् । उनीहरुले संघीय निजामति ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । उनीहरुले २४ गतेसम्म पनि सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने चेतावनी दिए ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले संघीय निजामति ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश बिरोधमा उत्रिनुपरेको बताउनु भयो । उहाँले संघीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन, स्थानीय निजामति सेवा ऐन जारी गर्न सांकेतिक रुपमा आन्दोलन गरेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘देश संघीयतामा गइसकेपछि हरेकले आफ्ना आफ्ना कानून पाए त्यो अनुसार चले स्थायी सरकारका रुपमा चिनिएका निजामति कर्मचारी ऐन बन्न पाएन, संघीय निजामति सेवा ऐन तत्काल जारी गर् भन्दा पटकपटक हामीले माग गर्दा कहिले प्रेस विज्ञप्ती निकाले र के गर्ने जस्ता कुराहरु आए, हामी नेपाल सरकारको ध्यानाकर्षण गराएर थाकिसकेपछि, तीन चरणको कार्यक्रम घोषणा गरेका थिएन, एसएमएस पठाएर र हिजोमात्रै प्रधानमन्त्री, सामान्य प्रशासन, कानून, अर्थमन्त्रीलाई हामीले संघीय निजामति ऐनअनुसार समायोजनको कानून बनाउन आग्रह गरेका थियौँ, संघीय निजामति ऐन नबन्दा धेरै समस्या भएको छ । हामीले संघीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन, स्थानीय निजामति सेवा ऐन जारी गर्न सांकेतिक रुपमा आन्दोलन गरेका हौँ । कर्मचारीहरु प्रवेश नगरी सांकेतिक आन्दोलन गरेका हौँ । यो कुरा सरकारले मानेन भने २४ गते फेरि बैठक बसेर कडा आन्दोलन गर्नेछौँ । आवश्यक परे हामी देशभर आन्दोलनको आह्वान गर्दछौँ । सिंहदरबार नै ठप्प गर्नेगरी हामी आन्दोलन गर्नेछौँ ।’

यसअघि पनि निजामति कर्मचारीहरुले संघीय निजामति ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा सांकेतिक बिरोध जनाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *