नवनियुक्त तीन मन्त्रीको शपथ आज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन् । बुधबार नियुक्त भएका तीन मन्त्रीको शपथग्रहण दिउँसो ३ बजे तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बूलाई नियुक्त गर्नुभएको थियो ।

ADVERTISEMENT

तिनैजना नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन् । प्रचण्डले प्रधानमन्त्री नियुक्त भएको लामो समय वितिसक्दासमेत मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन । प्रचण्ड क्याविनेटमा अझै तीन मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *