काठमाडौं । सांग्रिला मोटर्सले फेन्च ब्राण्ड सिट्रोनको सी ३ ल्याएको छ । सिट्रोन ३ को सुरूवाती मूल्य ३४ लाख ४९ हजार, अधिकतम मूल्य ३६ लाख ३९ हजार रुपैयाँ रहेको छ । हाल नेपालमा टप भेरियन्टमात्रै उपलब्ध रहेको र भारतमा उत्पादित मोडल भएकाले नेपालका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।
पेट्रोल इन्जिनमा उपलब्ध रहेको गाडी ११ सय ९८ सिसीको रहेको छ भने गाडीले पाँच हजार सात सय ५० आरपिएममा ८२ पिएस पावर र तीन हजार सात सय ५० आरपिएममा एक सय १५ एनएम टर्क जेनेरेट गर्छ । प्रतिलिटर १९ किलोमिटरसम्म दिने गाडीमा ३० लिटरको इन्धन ट्यांकी रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts