प्राधिकरणलाई अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर

Read Time = 2 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल इकरात इञ्जिनियरिङ कम्पनी प्रालिले पाँच सय केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ । करिब ३२ लाख रुपैयाँ मूल्य पर्ने ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ ।

प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे, नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गर्नुभएको हो ।

ADVERTISEMENT

जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित वनस्पति तेल प्रयोग गरी निर्माण गरिएको ट्रान्सफर्मर वातावरणमैत्री रहेको प्राधिकरणले जनाएको छ । प्राकृतिक तेल प्रयोग भएकाले चिस्याउने क्षमता बढी हुँदा ट्रान्सफर्मरमा आगलागी सम्भावना ज्यादै न्यून रहेको र स्वचालितरूपमा भोल्टेज नियन्त्रण तथा सन्तुलन कायम हुने प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो ।

प्राधिकरण र कम्पनीबीच ट्रान्सफर्मर उत्पादन र जडानका लागि गत भदौमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्राधिकरणका अनुसार यस्ता ट्रान्सफर्मरबाट विद्युत् आपूर्तिका क्रममा भइरहने विभिन्न खालका दुर्घटना रोक्न सकिने र एउटै पोलमा समेत जडान गर्न मिल्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज