स्ट्रिट फुड पेपर प्याकिङ प्रतिबन्धको तयारी

Read Time = 2 mins

काठमाडौं । अब सडक खाद्यवस्तु अर्थात् स्ट्रिट फुड प्रिन्टिङ पेपरमा प्याक गर्न नपाइने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पेपरमा प्याक गरिएको खाद्य परिकार स्वास्थ्यका लागि हानिकारक हुने भन्दै खाद्य परिकार पेपरमा प्याक गर्न नपाइने व्यवस्था गर्न लागेको हो ।

विभागद्वारा मंगलबार राजधानीमा आयोजित खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले पेपरमा स्वास्थ्यका लागि अति हानिकारक रसायन हुने हुँदा स्ट्रिट फुड प्याक प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी विभागले कार्यविधि निर्माण सुरु गरेको बताउनुभएको हो । सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुड उपयोग बढ्दै गइरहेकाले त्यसमा स्वच्छता ल्याउन प्रिन्टिङ पेपर प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको उहाँको भनाइ थियो ।

ADVERTISEMENT

स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्न सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहसँग मिलेर अघि बढाएको महानिर्देशक वैद्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही सस्तो र मिठो खाजाका रूपमा स्ट्रिट फुड एउटा राम्रो विकल्प हो तर स्ट्रिट फुड प्वाइजनिङ हुनुभएन । यसलाई सुधार गर्नु अत्यन्तै जरुरी छ । हामीले केही अघिदेखि नै यसको एउटा कार्यविधिको आवश्यकता महसुस गरेका थियौँ । न्युज पेपरमा चटपटे, पानीपुरीलगायत प्याक गरेर खाने जुन चलन छ, त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज