काठमाडौं । छाला हेरचाह र सौन्दर्यशास्त्र सेवा प्रदायक कम्पनी लेट मी इन अर्थात् कोरियन छाला अस्पतालले काठमाडौंको महाराजगञ्जमा पनि शाखा विस्तार गरेको छ । नयाँ शाखाको सांसद प्रदीप पौडेल, अभिनेत्री वर्षा राउत र कोरियाली संघका अध्यक्ष इओम जिन योङले बिहीबार संयुक्तरूपमा उद्घाटन गरेका हुन् । सो अवसरमा लेट मी इनका प्रबन्ध निर्देशक मा डोङ मा डोङ सु, अध्यक्ष लि मिन क्युङ र प्रख्यात छाला विशेषज्ञ डा. प्रमेश कोइरालाको उपस्थिति थियो ।
लेट मी इनका अध्यक्ष क्युङले भन्नुभयो, ‘हामी महाराजगञ्जमा हाम्रो नयाँ शाखा खोल्न पाउँदा र काठमाडौंका जनतालाई उच्च गुणस्तरीय सौन्दर्य र छाला हेरचाह सेवा प्रदान गर्न पाउँदा हर्षित छौँ, हामी हाम्रा ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ र हामी यस सुन्दर नयाँ स्थानमा हाम्रा नयाँ ग्राहकलाई सेवा प्रदान गर्न तत्पर छौँ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता