सिबिफिनले बैंकिङ गतिविधिविरुद्ध मुद्दा हाल्ने

Read Time = 2 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ(सिबिफिन)को वैशाख १४ गते बसेको कार्यसमितिको चौथो बैठकले बैंक तथा वित्तीय संस्था, सोेको सम्पत्ति, साख एवं कार्यरत कर्मचारीविरुद्ध, विभिन्न व्यक्ति, संस्था तथा समूहबाट निरन्तररूपमा भइरहेको गैरकानुनी गतिविधिविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । आगामी दिनमा कुनै पनि व्यक्ति, समूह वा संघ-संस्थाको आवरणमा बैंक वित्तीय संस्था, कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानी नोक्सानी पुर्‍याउने, बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्नेलगायत प्रचलित कानुनबाट वर्जित क्रियाकलाप गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाका विरुद्ध मुद्दा चलाउने सिबिफिनले चेतावनी दिएको छ ।

ADVERTISEMENT

सिबिफिनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ उल्लेखित गतिविधिविरुद्ध प्रचलित कानुनको अधिनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्नेलगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाको हकहित संरक्षणका लागि प्रचलित कानुनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आबद्ध सबै बैंक वित्तीय संस्था पूर्णरूपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाको जानकारीका लागि सादर निवेदन गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज