युद्धको चिनोलाई शान्तिको सन्देशका रुपमा प्रयोग गरिने

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । २०६० साल चैत ७ गते तत्कालिन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा गोली लागेर छियाछिया भएको बिजुलीको खम्बा (पोल) लाई शान्तिको सन्देश दिने गरी प्रयोग गरिने सर्तमा काठमाण्डौबाट बेनी ल्याइने भएको छ ।

ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा रहेको उक्त पोललाई बेनीमा नै फिर्ता गर्नका लागि केन्द्रका संचालक एवम् मानवअधिकारकर्मी कनकमणी दिक्षित तयार हुनुभएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनु भयो ।

माओवादी र सेनाबीच २०६० चैत ७ गते बेनी भिडन्तको क्रममा दर्जनौ गोली लागेको विद्युतको पोलको संरक्षणका लागि आवश्यक पर्ने शान्ति पार्क तयार भएपछि फिर्ता दिन तयार रहेको मानव अधिकारकर्मी कनकमणि दीक्षितले मंगलबार प्रतिबद्धता जनाउनु भएको जिसस म्याग्दीका प्रमुख थापाले जानकारी दिनुभयो ।

तत्कालीन माओवादी र राज्य बीच सबैभन्दा ठूलो आक्रमण बेनीमा भएको थियो । बेनी आक्रमणको १९ बर्ष पूरा भएको छ ।

'पोल ल्याउन आवश्यक सबै सहमति भएको छ,पार्क बनेपछि पोल बेनीमा ल्याइने छ’ प्रमुख थापाले भन्नुभयो ।

ADVERTISEMENT

बेनी आक्रमणको करिब ४ बर्षपछि गुपचुप ललितपुर लगेपनि अहिलेसम्म जिल्लामा फिर्ता ल्याउने प्रयास सफल भएको थिएन् । जिसस प्रमुख थापा, उपप्रमुख दिलकुमारी खत्री र मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीसँगको भेटमा मानवअधिकारकर्मी दिक्षितले पोलको सुरक्षा र योजनाका बारेमा समेत जानकारी लिनुभएको थियो ।

‘शान्ति पार्कमा राखेर पर्यटन प्रर्वद्धनमा सघाउने छौ,अब पार्क निर्माणको प्रक्रियालाई समेत अगाडी बढाउनुपर्छ’ प्रमुख थापाले भन्नुभयो ।
बेनीको मंगलाघाट जाने बाटोमा तत्कालिन सेनाको ब्यारेक अगाडि दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोललाई युद्धका अवशेषहरू नयाँ पुस्ता र विदेशीलाई युद्ध संग्रहालय मार्फत आकर्षित गर्ने योजना बेनी नगरपालिकाको छ ।

नगर प्रमुख सुरत केसीले पहिलो कार्यपालिकाको बैठकमै पोल फिर्ता ल्याउने पहल गर्नुभएको थियो । तत्कालीन माओवादी र राज्य बीच सबैभन्दा ठूलो आक्रमण बेनीमा भएको थियो । बेनी आक्रमणको १९ बर्ष पूरा भएको छ ।

जिल्ला समन्वय समितिका बसेको सर्वदलीय, सर्वपक्षीय भेलाबाट डिभिजन बन कार्यालयसँगै जोडिएको सार्वजनिक र बराहपाखो सामुदायिक बनको करिब १० रोपनी क्षेत्रफलमा शान्ति पार्क र चिल्ड्रेन पार्क बनाउने र बेनी नगरपालिकाले बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी संरचना बनाउने निर्णय भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?