गौरक्ष महायज्ञ हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । असहाय गाईबाच्छा संरक्षण हेतु गौरक्ष महायज्ञ हुने भएको छ । असहाय गाईबाच्छा संरक्षण हेतु यही वैशाख २२ गतेदेखि २९ गतेसम्म कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा गौरक्ष महायज्ञ तथा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको हो । यो ज्ञानमहायज्ञ वाचक प्रवीण पण्डित दीनबन्धु पोखरेलको वाचनमा हुने अभियानका अध्यक्ष उत्तम पुडासैनीले जानकारी गराउनुभयो । ‘राज्यले गाईलाई राष्ट्रिय जनावर भने पनि संरक्षण गर्न सकेको छैन । साना-साना गाईबच्छाको रोदन देखेर यो काम हामीले गर्न लागेका हौँ,’ पुडासैनीले भन्नुभयो ।

ADVERTISEMENT

अध्यक्ष पुडासैनीले भन्नुभयो, ‘वर्तमान अवस्थामा असहाय गाईबाच्छाको व्यवस्थापनका सन्दर्भमा सर्वत्र समस्याका रुपमा देखिएको छ । सरकारी नीतिको अभाव अनि किसानहरूमा देखिएको नैतिकताको खडेरीका कारण समस्या आएको हो ।’ गाईबाच्छा संरक्षण अभियानकर्ताहरूले लामो समयदेखि बाटोमा अलपत्र छाडिएका गाईबाच्छाहरूको संरक्षण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?