मरिन ब्लु कलरमा टिभिएस एनटर्क

Read Time = 4 mins

काठमाडौं । टिभिएस स्कुटर तथा मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रङमा सार्वजनिक गरेको छ । टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लु रङमा समावेश चेकर्ड फ्ल्याग रेस-प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउने कम्पनीको भनाइ छ । कालो, मेटालिक ब्ल्याक र मेटालिक निलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकीभन्दा फरक भएको महसुस हुने कम्पनीको दाबी छ ।

टिभिएसद्वारा पोखरामा आयोजित ‘निर्भयाज वुमन इन कन्सर्ट’ मा उक्त स्कुटरको लन्च गरिएको हो । कन्सर्टमा फ्लेम ब्याण्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जका साथै ख्यातिप्राप्त सांगीतिक समूह अभया एण्ड द स्टिम एन्जन्सलगायतको प्रस्तुति थियो भने स्टेजमै स्कुटर अनावरण गरिएको थियो । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भन्नुभयो, ‘नेपालमा टिभिएस एन्टक्र्व आरटी-एफआई १२५ रेस एडिसन–मरिनमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । स्मार्ट स्कुटर आरटी-एफआईको समावेश गरी एक बेस्ट-इन-क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । यो प्रक्षेपणसाथ हामी हाम्रा युवा ग्राहकका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध छौँ ।’

ADVERTISEMENT

कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो, ‘टिभिएस एन्टक्र्व आरटी–एफआई १२५ ले हाम्रा युवावर्गका लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताको अपेक्षालाई पुनः परिभाषित गरेको छ । उत्कृष्ट प्रदर्शन, वास्तविक थ्रोटल अनुभवले हाम्रा युवा ग्राहकलाई पक्कै खुसी पार्नेछ ।’ स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय हिृवलले स्कुटरको स्टाइललाई अझ बढाउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार कनेक्टिभिटीमार्फत् सञ्चालित स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एपमार्फत् सजिलै कनेक्ट गर्न सकिन्छ भने ६० भन्दा बढी सुविधाका साथ पूर्णरूपमा डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर प्रदान गर्छ । उच्चतम टर्क भएको रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पिड प्रदान गर्छ र केवल नौ सेकेण्डमा ६० किमी प्रतिघण्टाको गति बढाउँछ । यसको मूल्य दुई लाख ९९ हजार नौ सय रुपैयाँ रहेको छ । स्कुटर पोखराको बतास ब्रदर्स प्रालिमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज