एसियन लाइफको लाभांश पारित

Read Time = 2 mins

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको सोमबार बसेको १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश पारित गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी दुर्ई अर्ब ९० करोड ८१ लाख ११ हजारको ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार चार सय ४२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

ADVERTISEMENT

साधारणसभाले कर प्रयोजनका लागि एक करोड ३० लाख नौ हजार नौ सय ७० नगद लाभांशसमेत पारित गरेको छ । साथै कम्पनीको अधिकृत पुँजी पाँच अर्बबाट छ अर्ब कायम गर्न प्रबन्धपत्र संशोधन प्रस्तावसमेत पारित भएको छ ।

साधारणसभामा सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठले पेश गर्नुभएको प्रतिवेदन पारित भएको छ । कम्पनीको चालु आर्थिक वर्षको फागुनसम्ममा जीवन बीमाकोष ३५ अर्ब ६० करोड र कुल लगानी ३९ अर्ब आठ करोड र कुल बीमाशुल्क आम्दानी ४० अर्ब ८५ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज