अघोषित लोडसेडिङविरुद्ध उद्योगी

Read Time = 2 mins

विराटनगर । नेपाल विद्युत् प्राधिकरणले सुनसरी-मोरङ औद्योगिक कोरिडोरका उद्योगमा विद्युत् आपूर्ति कटौती गरेको भन्दै मोरङ व्यापार संघले आपत्ति जनाएको छ । विगतमा कोरोनाका कारण र हाल तरलता अभाव, चर्को बैंक ब्याजदरलगायत आर्थिक जटिलताको अवस्थामा जेनतेन सञ्चालनमा रहेका उद्योगका लागि अति आवश्यक विद्युत् आपूर्तिसमेत असहज हुँदा उद्योग जोखिमपूर्ण अवस्थामा पुगेको संघले जनाएको छ ।

प्राधिकरणबाट केही महिनायता भइरहेका अपर्याप्त, अनियमित र अनिर्धारित विद्युत् कटौतीबाट समस्याग्रस्त बनेको उद्योग क्षेत्रको नेतृत्व गर्दै संघले प्राधिकरणका प्रादेशिक कार्यालय र ग्रिडमा गई उद्योग क्षेत्रका लागि निर्वाध विद्युत् आपूर्ति गर्न तथा विद्युत् कटौती गर्ने निर्धारित तालिका उपलब्ध गराउन माग गरेको छ ।

ADVERTISEMENT

संघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विद्युत् आपूर्ति सहज गरिदिन, विद्युत् कटौतीको निर्धारित तालिका उपलब्ध गराउन, क्यापासिटर बैंक सञ्चालनमा ल्याउन नसकेका उद्योगलाई उचित समय दिन, संकटग्रस्त उद्योगमा कुनै प्रकारका धम्की–त्रासको वातावरण सिर्जना नगराउन तथा उद्योगमा कार्यरत हजारौं श्रमिकको रोजगारी संरक्षण गराउन प्राधिकरणसहित सम्बन्धित सबैमा संघ आग्रह गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज