काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल प्रालि र ग्रिन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका उपमहाप्रबन्धक देवबहादुर थापा र ग्रिन डेभलपमेन्ट बैंकबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतासँगै विदेशबाट नेपाल रेमिटमार्फत् पठाएको रेमिट्यान्स ग्रिन डेभलपमेन्ट बैंकका १६ वटै शाखामार्फत् भुक्तानी प्राप्त गर्न सकिनेछ भने ग्रिन डेभलपमेन्ट बैंकका ग्राहकले सिधै आफ्नो बैंक खातामा समेत नेपाल रेमिटमार्फत् पठाएको रकम प्राप्त गर्न सक्नेछन् ।
विशेषगरी डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइम बैंक डिपोजिट हुने व्यवस्था मिलाएको छ । ग्रिन डेभलपमेन्ट बैंक बागलुङ नगरपालिकामा ५ जिल्लास्तरीय विकास बैंकका रूपमा सञ्चालनमा रहेको छ ।






