आइसिटी दिवसमा टेलिकमको अफर

Read Time = 1 min

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ का अवसरमा ग्राहकका लागि आइसिटी डे अफर उपलब्ध गराएको छ । वैशाख १९ गतेसम्म लागू हुने अफरअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

ADVERTISEMENT

डाटा प्याकेजअन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने छ जिबी डाटा, एक सय ९९ रुपैयाँमा सात दिन चलाउन सकिने १३ जिबी डाटा, दुई सय ९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जिबी डाटा र तीन सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज रहेको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ । सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी वैशाख १९ गते मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज