इरान-साउदी सम्बन्धबाट भारत पनि लाभान्वित हुने

Read Time = 3 mins

नयाँदिल्ली । इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः सुरुवात भएपछि त्यसबाट भारतलाई पनि लाभ हुने एक जना कूटनीतिज्ञले बताएका छन् । तेहरान र रियादबीचको सम्झौताले खाडी क्षेत्रमा स्थायित्व र शान्ति कायम हुने र त्यसको लाभांश भारतलाई समेत प्राप्त हुने भारतका लागि इरानी राजदूत इराज इलाहीले बताउनुभएको हो ।

शुक्रबार यहाँ भएको पत्रकार सम्मेलनमा चीनको मध्यस्थतामा इरान र साउदीअरबबीच पुनः प्रारम्भ भएको कूटनीतिक सम्बन्ध भारतका लागि खास चासोको विषय नभएको बताउँदै राजदूत इहालीले फारसको खाडी क्षेत्रमा शान्ति र स्थायित्व सुदृढ हुँदा आप्रवासी भारतीय कामदारले ढुक्क भएर श्रम गर्न पाउने तथा सरकारीस्तरमा पनि पारस्परिक साझेदारी एवं सहकार्य गर्न सहज हुने अभिमत उहाँले प्रकट गर्नुभयो । सुन्नी र सिया मुसलमान बहुल भएका देशबीचको मैत्रीका धार्मिक सद्भाव विस्तार गर्न बल पुग्ने बताउनुभयो ।

ADVERTISEMENT

शान्ति एवं अमनचैन हुँदा विकास-निर्माण र नवप्रवर्तनका काममा ध्यान दिन सहज हुने तर्क गर्दै इलाहीले पश्चिम एसिया भारतको प्राथमिकताको क्षेत्र भएकाले दुई देशबीचको सुधारिएको सम्बन्धबाट भारत पनि लाभान्वित हुने आफ्नो धारणा सुनाउनुभयो । इरान-साउदी सम्बन्धबाट क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सुरक्षा सुनिश्चित हुनका साथै त्यसले खाडी क्षेत्रमा मात्र नभई अन्य स्थानमा पनि सकारात्मक प्रभाव पार्ने भएकाले उदीयमान अर्थतन्त्र भारतलाई आफ्ना उत्पादनको बजार विस्तार पनि एउटा अवसर हुने उहाँले बताउनुभयो ।

यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दमबागचीले पश्चिम एसियाका विभिन्न देशसँग भारतको सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उक्त क्षेत्रमा भारतको स्थायी चासो रहेको बताउनुभएको छ । भारतले सधैं मतभेदहरू समाधान गर्न वार्ता र कूटनीतिलाई जोड दिएको उहाँले दोहो¥याउनुभयो । रासस/पिटिआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?