प्रेस युनियन रुपन्देहीको अधिवेशन वैशाख २९ गते गर्ने निर्णय

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेपाल प्रेस युनियन रुपन्देहीको अधिवेशन यही वैशाख २९ गते गर्ने निर्णय भएको छ। आइतबार बुटवलमा बसेको कार्यसमिति बैठकले वैशाख २९ गते भव्यताका साथ अधिवेशन गर्ने निर्णय गरेको सभापति रेखा भुसालले जानकारी दिनुभयो।

नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालको प्रमुख आतिथ्ययतामा बसेको बैठकले अधिवेशन समन्वय समिति गठन देखि अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरू गठन गरेको छ।

अधिवेशन तयारीका लागि युनियनका पुर्व सभापति तथा सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा सल्लाहकारहरु माधव नेपाल, छबि पाण्डे,हरिष ढकाल,रामराज पोखरेल,भवानि प्रसाद पाण्डे, बिक्रम खडका, यमलाल भुसाल र अध्यक्ष रेखा भुसाल सहितको समन्वय समिति गठन गरिएको छ।

त्यस्तै निर्वाचन समिति, कार्यक्रम स्थल व्यवस्थापन समिति,अतिथि सत्कार,संचार डाइरेक्ट्रि प्रकाशन लगायतका उपसमितिहरु गठन गरिएको छ।

बैठकले सल्लाहकार माधब नेपालको संयोजकत्वमस तीन सदस्यीय जिपि कोइराला स्मृति पत्रकारिता पुरस्कार छनोट समिति गठन गरेको छ । समितिको सदस्यमा सल्लाहकार हरिस ढकाल र सभापति रेखा भुसाल हुनुहुन्छ ।

ADVERTISEMENT

सल्लाहकार छबि पण्डेको संयोजकत्वमा टोप सुशीला शिक्षा पत्रकारिता पुरस्कार छनोट समिति गठन गरिएको छ ।छनोट समितिमा पुरस्कारको कोषका संस्थापक लाल प्रसाद पङ्गेनी (कृष्ण) र सभापति रेखा भुसाल रहेको कार्यवाहक सचिव कल्पना तिवारीले जानकारी दिनुभयो।

वैशाख १६ गते देखी ३१ गते सम्ममा जिल्ला शाखाहरूको अधिवेशन गर्ने केन्द्रीय समितिको निणर्य अनुरुप रुपन्देही शाखाले यहि वैशाख २९ गतेकालगि अधिवेशनको मिति तोकेको हो ।

बैठकमा बोल्दै केन्द्रीय सभापति लम्सालले श्रमजीवी पत्रकारहरको हकहितका लागि नेपाल प्रेस युनियन देशभर सशक्त ढंगले अगाडि बढेको बताउनु भयो।

अध्यक्ष लम्सालले रुपन्देही शाखाको क्रियाशीलता उत्कृष्ट र प्रसंसायोग्य रहेको भन्दै आगामी दिनमा यो गरिमा कायम राख्नुपर्ने बताउनु भयो।

बैठकमा सल्लाहकारहरू माधव नेपाल ,हरिस ढकाल ,रामराज पोखरेल ,विक्रम खड्का, उपसभापति कविन्द्र नेपाल,दिपक घिमिरे लगायतले बोल्दै लोकतन्त्रको रक्षा, बिधिको शासन, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि युनियनलाई बलियो बनाउने बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?