९७ करोडको वैदेशिक रोजगार बचतपत्र

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेकाका लागि पाँचवर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्रको बिक्री वैशाख १७ गतेदेखि जेठ १७ गतेसम्म खुला हुनेछ भने जेठ २४ गते निष्कासन हुनेछ । बचतपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदरसमेत प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ । ब्याज भुक्तानी अर्धवार्षिकरूपमा हुनेछ भने उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफूले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने हुन्छ ।

बचतपत्र लगानीका लागि इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीले निवेदन दिन सक्नेछन् । लगानीकर्ताले बचतपत्रका लागि घटीमा १० हजारदेखि बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आहृवान गरिएको रकमसम्म खरिदका लागि आवेदन दिन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

ADVERTISEMENT

आवेदनका लागि इच्छुक लगानीकर्ताले राहदानी, कार्यरत मुलुकको भिसा(भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्रको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणस्वरूप विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्नेछ । बचतपत्र खरिदका लागि वाणिज्य बैंक, सिटिजन्स, नबिल, माच्छापुच्छे«, प्रभु, सनराइज, सिद्धार्थ र सानिमा, नेपाल बैंक, ग्लोबल बैंक, एनएमबी बैंक तथा रेमिट कम्पनी, प्रभु मनी ट्रान्सफर र सेवा रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफरलगायतबाट आवेदन बुझाउन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज