नीतिशास्त्रका निष्णात वाघ्घरी भनेर संसारभर चिनिएका चाणक्यले नेताको सन्दर्भमा भनेका छन्, ‘असल नेता बन्न आफ्नो गल्तीबाट सधैं सिक्नुपर्छ । आफ्नो गल्तीबाट सिक्ने समय छैन भने अरूले गरेका गल्तीबाट सिक्नुुपर्दछ । यसो गर्दा व्यक्तिले लक्ष्य छिटो प्राप्त गर्दछ । इमानदारमात्र भएर हुँदैन सतर्क भई गोपनीयता राख्नसक्ने कर्मवादी व्यवहार नेताको शुुभ लक्षण हो’ । आफ्नो कमजोरीलाई महसुुस गरी मगजमा समझदारीको शान्त भाव, अन्तहृदयतः इमानदारी, काँधमा जिम्मेदारीको कान्त स्वभाव हुनु विपद्ग्रस्त परिवेशका देशका नायकको विशेषता हो ।
यतिखेर नयाँ गठबन्धन सरकारको अर्थमन्त्रीको जिम्मा नेपाली कांग्र्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पाउनु भएको छ । उत्साही, जाँगरिला, परिश्रमी, पार्टी संगठन एवं राजकीय पदहरूमा आसीन भएर लामो समयदेखि काम गर्दै आउनुभएका उहाँको अर्थमन्त्रीको दायित्व पहिलो हो । हालका देशको कमजोर आर्थिक दशा जहाँ व्यापार घाटा ९ खर्ब ५३ अर्ब पुुगेको छ, उत्पादनमा आएको ह्रासले बजार चक्र चरम रूपमा लोलाएको र व्यवसायी एवं शेयर लगानीकर्ताको आत्मबल पूरै गिरेको दशा छ ।
यता लघुवित्तदेखि महावित्तसम्मका बैंकहरूप्रति जनविश्वास घटिरहेको र वित्तीय संस्थाहरूको ब्याजदरको वृद्धिले मारमा परेका ऋणीहरू आक्रोशमा पुुगेर अराजक बन्न खोजिरहेको विषम परिस्थिति पनि छ । यतिखेर विज्ञदेखि हामीजस्ता साधारण मान्छे पनि देशको आर्थिक दूरावस्थाले कसरी सही दिशा प्राप्त गर्ला भनेर चिन्तातुुर छौं । किनकि जहाँ मुुद्रा अवमूूल्यन आठ प्रतिशत उक्लिसकेको छ, राजस्वको आय अत्यन्त कम रहेको र खुलम्खुला बैंकिङ कर्जा मिनाहा हुनपर्छ भन्ने ऋणीहरूको आवाजले आर्थिक अराजकताको संकेत गरिरहेको आभास हुन्छ । त्यसैले जटिल अर्थतन्त्रलाई पार लाउने काम महतजीको लागि साँच्चैको महत् चुनौती भएर ठडिएको हुँदा अर्थशास्त्रका वेत्ता वा मनीषि महत चर्को अग्निपरीक्षाको ताप र रापमा परेका छन् ।
हाम्रो तीनखम्बे मिश्रित अर्थतन्त्र जो समाजवाद उन्मुख बनाउने भनेर लक्ष्य राखिएको छ तर हालको नेपालको आर्थिकमन्दीलाई सम्बोधन गर्न कस्तो आर्थिक नीति बनाउनुपर्ला सो बारे महत कतिसम्म सक्षम रहलान् समसामयिक वर्तमानको यो गम्भीर यक्ष प्रश्न हो ।
त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दा आर्थिक नीतिमा थेसिस गरेका यिनले संयुक्तराज्य अमेरिकाको इलिनोइस विश्वविद्यालयबाट पोलिसी इकोनोमी अर्थात् ‘नीति अर्थशास्त्र’ मा स्नातकोत्तर त्यसपछि विद्यावारिधि हासिल गरेका कारण शास्त्रीय ज्ञानभण्डार प्रचूर मात्रामा छ भन्ने सैद्धान्तिक विश्वासमा हामी नेपाली छ । तर शास्त्रीय ज्ञानलाई व्यावहारिक तवरले हाम्रोजस्तो देशमा यतिखेर कसरी प्रयोग गर्न सकिन्छ यो मूर्त प्रश्न बनेर सबैका टाउका रिँगाइरहेका छन् ।
परिवर्तित विश्व सन्दर्भमा विभिन्न देशहरूको भूूगोल, पर्यावरण, जनचेतना र तिनका मनोविज्ञान, उत्पादन आयातनिर्यातको अवस्था, भुक्तानी सन्तुलन र शोधनान्तर स्थिति, सक्रिय श्रम शक्ति, पुँजी, उद्योगधन्दाहरूको अवस्था ऊर्जा स्थिति आदिमा नूतन अभिनूतन उपागम र दृष्टिकोणहरू कस्ता अपनाइएका छन् त्यसलाई हामीले हाम्रो सन्दर्भमा कसरी प्रयोगमा ल्याउन सक्छौं आदि विश्लेषण गरी आर्थिक नीतिको तय गर्नुपर्ने हुन्छ होला ।
हाम्रो तीनखम्बे मिश्रित अर्थतन्त्र जो समाजवाद उन्मुख बनाउने भनेर लक्ष्य राखिएको छ तर हालको नेपालको आर्थिकमन्दीलाई सम्बोधन गर्न कस्तो आर्थिक नीति बनाउनुपर्ला सो बारे महत कतिसम्म सक्षम रहलान् समसामयिक वर्तमानको यो गम्भीर यक्ष प्रश्न हो ।
सात कक्षा पढ्दा पढ्दै विद्यार्थी राजनीतिमा होमिएका महत उच्च शिक्षा अध्ययनको क्रमसम्म नै जोडिइरहे । महत २०३६ सालको विद्यार्थी आन्दोलन गतिलोसित हाक्नेहरूमध्येका एक हुन् । २०३७ सालको जनमतसंग्रह र बहुुदलीय व्यवस्थाको पक्षमा यिनको भूमिकामा अब्बल थियो । २०१६ साल कात्तिक १९ गते नुवाकोट कविलासमा आँखा खोलेका यिनी समाजमा घुलमुलिन रुचि राख्छन् भने साथीहरूसित आत्मीय सम्बन्ध गाँस्न पनि खप्पिस छन् । पञ्चायती कालमा प्रजातान्त्रिक धारका विद्यार्थीहरूको संगठन गर्न मरिमेट्ने उनको स्वभावले त्यतिखेर निकै लोकप्रियता आर्जन गरेका हुन् । २०४२ को नेपाली कांग्रेसद्वारा सञ्चालित सत्याग्रहको आन्दोलनमा नेविसंघको महासचिव पदमा रहेर युुवा पुस्ताका जुुझारु छात्रछात्रालाई परिपक्क ढंगले परिचालन गरेका थिए ।
२०४६ सालको जनआन्दोलन परिचालन समितिमा रहेर अग्रणी भूमिका निर्वाह गरेका उनी नेपाली कांग्र्रेसको आर्थिक नीतिनिर्माण गर्ने केन्द्रीय अभिभारा पनि वहन गरेका हुन् । २०५९ सालदेखि लगातार नेकाको केन्द्रीय सदस्य बनेका यिनी राष्ट्रिय योजना आयोगका सदस्य, २०५९ मा शेरबहादुर देउवा प्रम हुँदा सल्लाहकार, २०६३-०६४ मा माओवादीलगायत अन्य विग्रही दलहरूलाई शान्ति प्रक्रियामा ल्याउन वार्ताकार, विश्वका धेरै देशहरूको भ्रमण, कांग्र्रेस प्रवक्ता, ऊर्जामन्त्री र परराष्ट्रमन्त्री हुँदै हाल गठबन्धन दलको तर्फबाट अर्थमन्त्रीमा आसीन छन् । ६४ वसन्तमा घुुम्दैको उनको यो वयभित्र अनुुभव, ज्ञान, शास्त्रीय प्रवीणताको भण्डार छ ।
अर्थतन्त्र विघटनको दिशातिर जान्छ कि भन्ने आशंका निवारण हुँदै गएको कुरा सम्झाएका छन् । अर्थतन्त्रलाई सुधार्न सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुुपर्ने तर राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति परिवर्तन हुनु जरुरी छ ।
अर्थविद् एवं लेखक डा.अच्युत वाग्लेको शब्दमा : अर्थमन्त्री हालको समस्या र विषयवस्तु बारे जानाकार हुनुुहुुन्छ । यसबेला उहाँमा इमानदारीता र नैतिकता अझ बढी मुखर हुनुुपर्छ । पुँजीगत खर्च बढाएमा बजारमा पैसा आउँछ, स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ’ । महतको लागि यो समय क्षमता, प्रवीणता देखाएर उदाहरणीय अर्थनेता बन्ने अवसर पनि हो । नेतामा हुने इमानदारीताबारे राजनेता रुजबेल्टको मान्यता थिया- ‘प्रसिद्धको साटो इमानदार हुनुु धेरै राम्रो हो ।’
सामाजिक सम्झौता सिद्धान्तका प्रतिपादक दार्शनिक रुसोले पनि ‘इमानदार मान्छेको सोचाइ लगभग सधैं न्यायपूर्ण हुन्छ’ भन्ने मान्यतालाई जोडदार ढंगले व्याख्या गरेका छन् । अर्थमन्त्री महत आपूm इमान्दारिताका साथ काम गर्ने र यसका लागि सर्वपक्षीय प्रयास आवश्यक छ भन्नुुहुन्छ । सबै एउटै लयमा हिँडेपछि नतिजा प्राप्त हुन्छ म एक्लैले सक्दिन । समस्या धेरै छन् नतिजा आउन धैर्य पनि चाहिन्छ मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन सरकार सजग छ ।’
आर्थिक मन्दीका बाछिटा पर्दैको क्रममा प्रधानमन्त्री र अर्थमन्त्रीका आश्वासनात्क भाषण आइरहेका छन् । हालै नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभाका अवसरमा सम्बोधनको क्रममा प्रमंले ‘समग्रमा अहिले हामी शंकाबाट सुधारको बाटो हिँदै छौं भन्ने चित्र देखिँदै छ, आन्तरिक र बाहृय कारणले अर्थतन्त्र निकै ठूलो दबाबमा परेको कुरा स्वीकारेका छन् । तर अर्थतन्त्र विघटनको दिशातिर जान्छ कि भन्ने आशंका निवारण हुँदै गएको कुरा सम्झाएका छन् । अर्थतन्त्रलाई सुधार्न सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुुपर्ने तर राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति परिवर्तन हुनु जरुरी छ’ ।
तर, जनमानस सरकारले कार्यान्वयनको क्रम तीव्र नबनाएसम्म विश्वस्त हुन सकिरहेका छैनन् । त्यसैगरी अर्थमन्त्री महतले नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने सन्दर्भमा ‘हालको अर्थतन्त्रको अवस्थाभन्दा प्रचार बढी नकारात्मक भएको उल्लेख गर्नुभयो’ । अझ थप्दै, ‘हाम्रो बाहृय क्षेत्रको अवस्था चुस्त बनिसकेको छ, मूल्य सूचक केही ज्यादा छ तर नियन्त्रणमै छ, धेरै सूचकहरू सकारात्मक छन्, निराशाको तस्वीर बनाउन जरुरी छैन । राजस्व संकलन र पुँजीगत खर्चको अवस्था भने कमजोर भएको हुुँदा यसको सुधारमा सरकारले आवश्यक काम गरिरहेको बताउनुुभएको छ । वित्तीय संस्थाको ऋण नतिर्ने भन्ने कुरा सरकार सहन गर्न नसक्ने तर वास्तविक समस्यामा परेका ठाउँमा सरकारले राहत दिनसक्छ तर ऋण नतिर्ने भन्ने हुुँदैन ।’
निजी क्षेत्रसित सहकार्य गरेर लगानीतर्फ खस्किएको मनोबल विस्तार गर्न सकिने र आगामी वित्तीय एवं मौद्रिक नीतिमार्फत थप सहजता ल्याउने आपूm सक्रिय रहेको बताएका छन् । यतिखेर अर्थमन्त्री नेपाल राष्ट्र बैँकका गभर्नरदेखि वित्तीय क्षेत्रका हस्ती, अर्थवेत्ता, राजनीतिज्ञ पत्रकारहरूसित अन्तक्रिया गर्दै आगामी बजेटको रूपरेखा कोर्ने क्रममा छन् । तर वर्तमान दशालाई व्यावहारिक तवरले सही दिशा कसरी दिन सकिन्छ विशिष्ट चिन्तन मननको खाँचो छ । विगतकै खोक्रो लोक रिझाउने पपुलिष्ट बजेट, कनिका छराई र शक्ति पुरुषका भागबण्डाले आक्रान्त, प्रचारमुखी, कर्मकाण्डी र एलिट वर्गकै सेवादिने खालको बजेट आउनुु हुुन्न ।
सबै राजनीतिक दलका अर्थविज्ञ, वित्तीय क्षेत्रमा लामो समयदेखि अभ्यस्त अर्थज्ञाता, अर्थशास्त्रका जो कोही अभिवेत्ता र साधारण जनताका धारणालाई समेटेर अत्यन्त इमानदारीपूर्वक नयाँ बजेट आउनु आजको आवश्यकता हो । यतिखेर अर्थमन्त्रीज्यूले जननायक बीपीले एउटै वाक्यमा भन्नुुभएको उद्गारको स्मरण गर्नु जरुरी छ, ‘आर्थिक व्यवस्थाको परिवर्तनले मात्र अन्य सम्पूर्ण प्रकारका परिवर्तन तयार हुन्छन्, कुनै व्यवस्था सञ्चालनमा राजनीतिक परिवर्तन एउटा ‘तयारी’ हो भने आर्थिक परिवर्तन एउटा ‘प्रक्रिया’ हो, जबसम्म ‘तयारी र प्रक्रिया’ बीच समन्वय हुँदैन त्यहाँ कुनै विकास आउन सक्दैन’ । जननायकको अडान थियो, ‘आर्थिक विकासको अर्थ कतै एउटा बाटो र कारखाना खोल्नुमात्र होइन, त्यो हो सम्पूूर्ण जातिको विकासप्रति चाख र जाँगर ।’
अहिलेको गठबन्धन सरकार त्यसमा पनि प्रम प्रचण्ड र अर्थमन्त्री महत देशको अर्थतन्त्रको दशालाई दिशा दिन कडा अग्निपरीक्षामा छन् । पूूर्वीय मनिषिको शब्दमा :
धनञ्जये हाटक संपरीक्षा, महारणे शस्त्रभृतां परीक्षा ।
विपत्तिकाले गृहिणी परीक्षा, विद्यावतां भागवते परीक्षा ।।
अर्थात् : सुन कस्तो छ भनेर आगोमा खारेरमात्र थाहा लाग्छ, योद्धा साँच्चैको लडाकु हो÷होइन संग्राम वा युद्धमा उसले खेलेको निर्भीक इमानदारीले प्रष्ट्याउँछ, घरमा आपद्विपद् पर्दा श्रीमतीको परीक्षा हुन्छ भने कुनै पनि व्यक्ति इमानदार, विवेकी, साहसी, धैर्यवान् विद्वान् हो होइन भनेर ठम्याउन भागवत् ग्रन्थमा ऊ कति दख्खल छ त्यही उनको कसौटी वा परीक्षण यन्त्र हो ।
यसैले यो संगीन र विषम परिस्थितिमा गठबन्धन दलकोतर्फबाट प्रधानमन्त्री बनेका प्रचण्ड सर्वहारा गरिबको पक्षमा कस्तो चिन्तन राख्छन् र अर्थमन्त्रीमा पदासीन महत जो बीपीको समाजवादको मर्म थाम्ने अब्बल अर्थशास्त्ररूपी भागत्का प्रकाण्ड विज्ञ व्यावहारिक रूपमा सिद्ध हुन सक्छन् कि सक्दैनन् यो गम्भीर यक्ष प्रश्न उठेको छ । त्यसैले त देशको वर्तमान चुनौतीपूर्ण दशालाई दिशा दिन कठोर अग्निपरीक्षामा कर्ता बनेर उभिएकाहरू समझदारी, इमानदारी र जिम्मेदारीको त्रिकोणबाट अग्निपथमा शीतलता ल्याई नयाँ इतिहास रचून् ! जीवनको उत्तरार्धको यो चरणले परीक्षाको नतिजा उत्कृष्ट दिन सकोस् ! अन्त्यमा ‘नांगै आयौं नांगै जान्छौं लानु के छ र ?’







This is breaking news.
Video News Post
Breaking News with Advertisements