संयुक्त राष्ट्रसंघद्वारा चाडमा एक हजारभन्दा बढी सुडानी शरणार्थी परिवार दर्ता

Read Time = 2 mins

याउण्डे । सशस्त्र द्वन्द्व चलिरहेको छिमेकी सुडानबाट चाडमा प्रवेश गरेका एक हजारभन्दा बढी परिवारलाई संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले यहाँ दर्ता गरेको छ । एजेन्सीका चाडस्थित प्रतिनिधि लाउरा लो क्यास्ट्रोले बताएनुसार ‘पूर्वी चाडमा सुडानी शरणार्थीहरूको आगमन बढ्दो छ । अप्रिल २५ गतेदेखि यहाँ शरणार्थीको प्रारम्भिक दर्ता सुरु गरिएको हो ।

क्यास्ट्रोले यसअघि समस्याग्रस्त सुडानबाट दश हजारदेखि बीस हजार मानिसहरू चाडमा भागेको अनुमान गरेका थिए । त्यस्तै विश्व खाद्य कार्यक्रम, युनएचसीआर, संयुक्त राष्ट्रसंघ बालकोष र चाडको राष्ट्रिय आयोगबीच शरणार्थी व्यवस्थापनका निम्ति संयुक्त मिसन सञ्चालन गरिएको छ ।

ADVERTISEMENT

संयुक्त राष्ट्रसंघले गतहप्ता चेतावनी दिदै नयाँ आगमन ‘बढ्दो’ मानवीय आवश्यकताहरू, ‘दीर्घकालीन’ रूपमा बढ्न सक्ने र बजेट अभावले गर्दा समस्या समाधानमा थप जटिलता आउनसक्ने प्रक्षेपण गरेको थियो । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज