कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, १११ जनामा संक्रमण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोही अवधिमा १ सय ११ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कूल २५१७ जनामा कोरोना परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ADVERTISEMENT

कूल २५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १०४० र एन्टीजेनबाट १४७७ जनामा नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयले कोरोना सक्रिय संक्रमितको संख्या ३७८ पुगेको जनाएको छ । बिहीबार ६० जना संक्रमण मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *