काठमाडौं । मोबाइल वालेट कम्पनी डिजी पे प्रालि र विनव क्रियसनबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार डिजी पेको व्यावसायिक आबद्ध योजनाअनुरूप डिजी पेसँग आबद्ध हुने व्यवसायीले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबजस्ता सामाजिक सञ्जालका लागि सुपथ मूल्यमा भिडियो बनाउन पाउनेछन् भने अन्य व्यापारिक विज्ञापन बनाउँदा पनि विशेष छुट पाउनेछन् । सम्झौतापत्रमा विनव क्रियसनका महाप्रबन्धक समीर जोशी र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।
डिजी पे र विनव क्रियसनबीच सहकार्य
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता