किष्टद्वारा पहिलोपटक कलेजो प्रत्यारोपण

Read Time = 1 min

काठमाडौं । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गरेको छ । प्रत्यारोपणका लागि कलेजो ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका ६ निवासी दम्पती हुन् । किष्टले विगत दुई वर्षदेखि मिर्गाैला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा भने पहिलोपटक सम्पन्न गरेको हो ।

ADVERTISEMENT

नेपालमा निजी अस्पतालमध्ये मिर्गाैला र कलेजो दुवै अंग प्रत्यारोपण सेवा उपलब्ध गराउने किष्ट एकमात्र अस्पताल रहेको किष्टको दाबी छ । कलेजो प्रत्यारोपण गर्न नेपाल तथा भारतका ट्रान्सप्लान्ट सर्जन, ग्यास्ट्रो सर्जन, एनेस्थेसियोलोजिस्ट, ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट, ब्लड बैंक, अपरेसन थिएटर, रेडियोलोजी तथा नर्सिङका दक्ष प्राविधिक गरी ४० जना परिचालित थिए भने प्रत्यारोपण सम्पन्न गर्न १५ घण्टा लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज