काठमाडौं । प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएकोमा निजी क्षेत्रका स्थानीय छाता संगठनहरूले स्वागत गर्दै नामाकरणविरुद्ध जारी आन्दोलनप्रति असन्तुष्टि प्रकट गरेका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै असन्तुष्टि प्रकट गरेका हुन् । विगत केही दिनदेखि प्रदेशको नामाकरणका सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै विभिन्न चरणमा विभिन्न स्थानमा भइरहेको आन्दोलन र आन्दोलनबाट शान्तिपूर्ण वातावरणमा उद्योग/व्यवसाय/पेशा सञ्चालन गरी जीविकोपार्जन गर्न चाहने मानिसको दैनिकीमा परेको नकारात्मक प्रभावप्रति ध्यानाकर्षण भएको ती संगठनहरूले जनाएका छन् । लामो समयको राजनीतिक अन्योलता समाप्त पार्दै जारी भएको संविधानको व्यवस्थाअनुरूप प्रथम चरणमा सम्पन्न निर्वाचनबाट अन्य प्रदेशले नामाकरण गर्न सफल भए तापनि प्रदेश १ असफल भएको अवस्था अन्त्य गरी दोस्रो निर्वाचनपछि बहुसंख्यक राजनीतिक दलको साझा सहमतिमा दुई तिहाइभन्दा बढी प्रदेशका ९१ प्रतिशत सदस्यबाट बहुमतसाथ प्रजातान्त्रिक पद्धतिबाट कोशी प्रदेश नामाकरण गर्न सफल भएको भन्दै तीन संगठनहरूले प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई बधाईसमेत दिएका छन् ।
संवैधानिक व्यवस्था तथा निर्धारित विधि विधानबमोजिम नै सार्वभौम प्रदेश संसद्ले गरेको प्रदेशको नामाकरणका सम्बन्धमा चित्त नबुझेमा रचनात्मक र शान्तिपूर्ण माध्यमबाट सम्बन्धित पक्षसमक्ष आफ्नो असन्तुष्टि राख्न र समाधान खोज्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । संयुक्त विज्ञप्ति जारी गर्नेमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष भीम घिमिरे र उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts