महागणपति विराट महायज्ञ

Read Time = 2 mins

काठमाडौं । स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवं औद्योगिक क्रान्तिका लागि अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्री प्रखरजी महाराजको सान्निध्यमा तथा मारवाडी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा पहिलोपटक आयोजित श्री अयुतचण्डी एवं श्री महागणपति विराट महायज्ञ सञ्चालन भएको छ ।

फागुन २७ गतेबाट सुरु भएको महायज्ञको निरन्तरतास्वरूप परमपूज्य स्वामी श्री प्रखरजी महाराजको सत्संकल्पमा वैशाख १० गते अक्षय तृतीयाका दिन उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्नुभयो । सो अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको पनि उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

उद्घाटन कार्यक्रम महायज्ञ आयोजक समिति एवं मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलको सभापतित्वमा भएको थियो । महायज्ञमा तीन सयभन्दा धेरै विद्वान् ब्राहृमणको सहभागिता रहने र यज्ञ अवधिभरिमा १० हजार श्री दुर्गासप्तशती पाठ र ४० श्री गणपति अथर्वशीर्ष पाठ, एक हजार श्री दुर्गासप्तशती पाठ तथा चार हजार श्री गणपति अथर्वशीर्ष पाठद्वारा एक सय कुण्डमा दशांश हवन, तर्पण गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज