काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उहाँको सांसद पद रिक्त रहेको जानकारी गराउनु भएको हो । घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निस्काशन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनि निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु । साथै राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा समेत माननीय सदस्यहरुलाई जानकारी गराउँछु ।’
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुनु भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts