काठमाडौं । २०७२ सालको भूकम्पको आज आठ वर्ष पूरा भएको छ । वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
राष्ट्रिय योजना आयोगले संकलन गरेको तथ्यांक अनुसार सो भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए ।
भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए । सो भूकम्पबाट खलढुङगा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अति प्रभावित भएका थिए भने कम प्रभावित जिल्लामा संखुवासभा, भोजपुर, धनकुटा, खोटाङग, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, वाग्लुङग, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वीनवलपरासी, पश्चिम नवलपरासी रहेका छन् ।
तर, राज्यले भूकम्पपीडितको बासस्थानलाई खर्च गरेको बताए पनि अझै पीडितहरूले सुरक्षित बास पाएका छैनन् भने घाइतेहरुको अवस्था दयनीय छ ।
भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो। यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो। तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्यांक प्राधिकरणसँग छ।
भूकम्पले सबैभन्दा धेरै मानवीय तथा भौतिक क्षति सिन्धुपाल्चोकमा भएको थियो। जिल्लाका करिब ९० प्रतिशत संरचना नष्ट भएका थिए भने ३५ सयभन्दा बढीको ज्यान गएको थियो।
भूकम्पको आठौं स्मृति दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा