टाटाका विद्युतीय ट्याक्सी सडकमा

Read Time = 2 mins

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा टाटा मोटर्सका विद्युतीय ट्याक्सी टाटा एक्सप्रेस-टी गुड्न थालेका छन् । टाटा मोटर्सद्वारा निर्मित विद्युतीय सेडान ट्याक्सीहरू नवीन एवं समुन्नत विशेषतायुक्त रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार लामो रेञ्जका लागि ट्याक्सीमा २६ किलोवाटको शक्तिशाली लिथियम ब्याट्रीको प्रयोग गरिएको छ भने टाटा एक्सप्रेस-टीमा एक सय १० मिनेटको छोटो अवधिमै शून्यदेखि ८० प्रतिशत चार्ज हुने प्रभावकारी चार्जिङ सकेटको व्यवस्था छ ।

ADVERTISEMENT

भित्री र बाहिरी बनावट आकर्षक हुनुका साथै टाटा एक्सप्रेस-टीमा सुरक्षाका लागि एअर ब्याग, इबिडीसहितको एबियसलगायतका विशेषता पनि छन् । घरमै १५ एम्पियरमा चार्ज गर्न मिल्ने एक्सप्रेस-टीमा स्वचालित एसीको समेत व्यवस्था छ । एक्सप्रेस-टी हरित प्रविधिमा आधारित सवारीसाधन भएकाले आर्थिकरूपले मितव्ययी एवं वातावरणीय दृष्टिकोणले पूर्ण फाइदाजनक रहेको कम्पनीको भनाइ छ । टाटा एक्सप्रेस-टी सम्बन्धी सम्पूर्ण जानकारी काठमाडौंको बालकुमारीस्थित सिप्रदीको शोरुमबाट लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज