चितवन-२ मा एक बजे पछि मतगणना हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

चितवन । चितवन-२ मा दिउँसो १ बजेदेखि मतगणना सुरु हुनेभएको छ ।

बिहान बसेको सर्वदलीय बैठकले चितवन क्षेत्र नम्बर २ को उपचुनावको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरेको हो ।

नेपाली कांग्रेसका उम्मेदवार जित नारायण श्रेष्ठसंग सर्वदलीय बैठकमा भएको सहमति अनुसार दिउँसो १ बजेदेखि मतगणना हुने भएको हो ।

ADVERTISEMENT

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभाबी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउनेलगायत सहमति भए पछि मतगणना सुरू हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *