आज लोकतन्त्र दिवस हो । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामु घुँडा टेकेको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । जनताको त्याग, तपस्या र बलिदानीले मुलुकमा लोकतन्त्र छ । लोकतन्त्र भएको कारण हामी लेख्न, बोल्न, सभासम्मेलन गर्न पाएका छौं । लोकतन्त्र नआएको भए हामी पुरानै अवस्थामा हुने थियौं । जनताको तागतबाट मुलुकमा राजनीतिक परिवर्तन भएको हो । ऐतिहासिक क्षणको रुपमा आजको दिनलाई सम्झनुपर्छ । नेपालको लोकतन्त्र विश्वकै लागि उदाहरणीय थियो ।
हामीले लोकतन्त्रका लागि पटक-पटक आन्दोलन गर्नुपरेको थियो । आज देशमा लोकतन्त्र आएको यति धेरै वर्ष भयो तर जनताको अवस्था फेरिन सकेको छैन । यो व्यवस्थामा नेता मोटाएका छन् तर जनता दुब्लाएका छन् । यसले पनि जनतामा निराशा बढेर गएको छ । जनतामा निराशा बढेर गयो भने व्यवस्थामाथि नै खतरा हुन सक्छ । यो विषयमा लोकतन्त्रवादी शक्तिहरू गम्भीर बन्न जरुरी छ । शाही शासनले घुँडा टेकेपछि जनतामा विकासको आशा र विश्वास जागेको थियो तर आज समय बित्दै जाँदा सबै कुरा निराशामा बदलिएका छन् । कुनै आस गर्ने ठाउँसमेत अहिले छैन । हिजो संवाद, सहमति र सहकार्यको बाटो रोजेका दलहरू आज धु्रवीकरण भएका छन् ।
लोकतन्त्रमा जनतामा निराशा आउनु दिनुहुँदैन । अहिले पटक्कै नागरिकमैत्री सरकार देख्न सकिएको छैन । आन्दोलनमा नागरिकको ठूलो भूमिका थियो । लोकतन्त्र एउटा प्रक्रिया हो यसलाई सुदृढ गर्दै हामी अघि बढ्नुपर्छ । जनताको भावनामा कुल्चेर अघि बढ्ने अधिकार नेतृत्वलाई कहिल्यै हुँदैन ।
सरकार लोकतान्त्रिक ढंगले अघि बढ्न सकेको छैन । आज देशमा लोकतन्त्रको अभ्यास जुन तबरले हुनुपर्ने हो त्यसअनुरूप भएको देखिँदैन । अहिलेसम्मको अवस्था नियाल्दा त्यो सुखद् देखिँदैन । विमति राख्ने तप्काहरूलाई साँघुरो पार्दै जाने होइन । उनीहरूलाई सुन्ने र सहमत गराउनुपर्छ । अन्यथा लोकतन्त्रमा खतरा आउन सक्छ । सत्तामा रहनेले त्यो सोच्नुपर्छ । अहिले सत्तारुढ दल र प्रतिपक्ष दलबीच पानी बाराबारको स्थिति पैदा भएको छ । अहिले सत्तारुढ दलले जुन व्यवहार देखाएको छ, त्यो पछि आफैंलाई पनि पर्छ । आफू सत्तामा हँुदा सबै ठीक सत्तादेखि बाहिर रहँदा सबै बेठिक यो जुन राजनीति दलमा देखिँदै आएको गलत पवृत्ति हो लोकतन्त्र भनेको विधिको शासनले जनतालाई आफ्नो पक्षमा बनाउने हो ।
विधिको शासनलाई आफ्नो पक्षमा लिनुपर्छ । विपक्षी दलको भूमिका पनि सराहनीय भएन । किनकि उसले पनि सशट प्रतिपक्षको भूमिका खेल्न सकेन । संविधानको मर्मविपरीत कसैले पनि काम गर्नु हुँदैन । लोकतन्त्रमा खतरा आउन दिनु हुँदैन । सबै मिलेर लोकतन्त्र बचाउनुपर्छ । लोकतन्त्रमा जनतामा निराशा आउनु दिनुहुँदैन । अहिले पटक्कै नागरिकमैत्री सरकार देख्न सकिएको छैन । आन्दोलनमा नागरिकको ठूलो भूमिका थियो । लोकतन्त्र एउटा प्रक्रिया हो यसलाई सुदृढ गर्दै हामी अघि बढ्नुपर्छ । जनताकोट भावनामा कुल्चेर अघि बढ्ने अधिकार नेतृत्वलाई कहिल्यै हुँदैन ।
त्यही आन्दोलनको सफलताले नै जनताले चुनेको व्यक्ति राष्ट्रप्रमुख भएको भुल्न हुँदैन । त्यो जगलाई लिएर राजनीतिक नेतृत्व अघि बढ्नुपर्छ । जुनजुन शक्ति मिलेर गणतन्त्र र संघीयतामा मुलुकलाई लगेको हो त्यही शक्तिहरू मिलेर यसलाई कार्यावन्यनमा लग्दै त्यसको अनुभूति जनतालाई गराउन सक्नुपर्छ । जनताको त्यो संघर्ष र त्यागबाट आएको यो लोकतन्त्रलाई संकुचन कहीँ कतैबाट पनि गरिनु हुँदैन । गणतन्त्रलाई कमजोर पार्ने काम हुनुहुँदैन । यसमा हामी सचेत हुन आवश्यक छ । संविधानले व्यवस्था गरेका राजनीतिक, सामाजिक, आर्थिकलगायत अधिकारको अनुभूति नागरिकले गर्न पाए भने हाम्रो लोकतन्त्र बलियो हुन्छ ।
नत्र समस्या आउन सक्छ । हामीले जुन संविधान निर्माण गर्यौं । त्यस संविधानको कार्यान्वयन गर्ने, त्यसको रक्षा गर्ने दायित्व सबैले लिनुपर्छ । जनताको एकताको बलमा शाही शासनले घुँडा टेकेको थियो । शान्तिपूर्ण जनताको तागतबाट मुलुकमा राजनीतिक परिवर्तन भएको थियो । त्यो ऐतिहासिक क्षण थियो तर आज हामी लोकतन्त्रको संस्थागत विकाससँगै यो चरणमा आइपुग्दा जनता लोकतन्त्रप्रति निरासा देखिएका छन् । शान्ति, सुशासन, विकास र भ्रष्टाचारमुक्त समाजको जनताको चाहना हो तर त्यो अझै पूरा हुन सकिरहेको छैन । जनताका सपना पूरा गर्न दलहरूले सकिरहेका छैनन् । राजनीतिक दलहरू र तिनका नेताहरूले अब समीक्षा गर्नुपर्ने बेला आएको छ ।
लोकतन्त्र, गणतन्त्र प्राप्त गरेका छौं तर नेताहरूको सोच, शैैली र व्यवहार र आचरण आजका दिनसम्म परिवर्तन हुन सकेको छैन । नैतिक रूपमा दल र तिनका नेताहरू कति इमानदार छन् भन्ने कुरा जनताले बुझिसकेका छन । नेताहरू इमानदार नहुँदा समस्या देखिएको छ । संघ, प्रदेश र स्थानीय तहका बलियो सरकार बनाइसकेपछि पनि जनताको जीवनस्तर उठन सकेको छैन । मुलुकमा भ्रष्टाचार बढेको छ आफन्त र नातागोतामा राजनीति केन्द्रित छ । नेपाली जनताले किन र कसका लागि त्यत्रो बलिदानी गरेका थिए भन्ने हेक्का नेताहरूले राख्नुपर्छ । लोकतन्त्र अनुसारको हाम्रो आचरण, व्यवहार, शैली भएन भने लोकतन्त्र बलियो हुन सक्दैन ।
आज वर्तमान सरकारप्रति जनतामा असन्तुष्टि बढेर गएको देखिन्छ । सरकारले जनतामा आशा जगाउन सकेन । भोलि जनताले असन्तुष्टिको स्वर सडकमा पोखे भने ठूलो समस्या उत्पन्न हुनसक्ने खतरा छ । सरकारले जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्नु पर्दथ्यो तर सकेन ।
जनतामा गरेका बाचा र सपना पूरा गर्नेतर्फ नेताहरूको ध्यान जानैपर्छ । लोकतन्त्रको संस्थागत विकाससँगै मुलुकमा समानुपातिक र समावेशी प्रणाली अवलम्बन भयो । वर्षौंदेखि पिछडिएका, अल्पसंख्यक र सीमान्तकृत समुदायले पनि राज्यका विभिन्न निकायमा प्रतिनिधित्वको अवसर पाएका छन् । महिलाले राज्यका सबै निकायमा ३३ प्रतिशत प्रतिनिधित्व पाएका छन् । सरकारप्रति जनताका धेरै नै अपेक्षा र चाहना छन् । जनताका सबै चाहना र सपना एकैपटक पूरा नहुँदा जनतामा केही निराशा र आक्रोश देखिनु स्वभाविक हो । तर, पनि लोकतन्त्रका लागि बलिदानी गर्ने ती शहीद र जनताका चाहना अनुसार अघि बढ्नु र लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हो भन्ने कुरा बुझ्न जरुरी छ ।
लोकतन्त्र सुरक्षित हुनका लागि लोकतन्त्रका मूल्य मान्यताप्रति शासक प्रतिबद्ध हुनुपर्छ । अहिले नेपालमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको छ । जसको कारण देशमा लोकतन्त्रप्रति वितृष्णा पैदा हुने अवस्था सिर्जना भएको छ । जनताप्रति नै भइरहेको लुटतन्त्रले पनि वितृष्णा जागेको छ । राजतन्त्र हटाएर गणतन्त्र ल्याउन आन्दोलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो लोकतान्त्रिक आन्दोलन पूरा भइसकेपछि राजनीतिक नेतृत्वले जस्तो खालको काम गर्नुपर्ने हो त्यो हुन सकेन ।
आज वर्तमान सरकारप्रति जनतामा असन्तुष्टि बढेर गएको देखिन्छ । सरकारले जनतामा आशा जगाउन सकेन । भोलि जनताले असन्तुष्टिको स्वर सडकमा पोखे भने ठूलो समस्या उत्पन्न हुन सक्ने खतरा छ । सरकारले जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्नु पर्दथ्यो तर सकेन । अहिले पुष्पकमल दाहालले सरकारको नेतृत्व गरिरहेका छन । तर पनि उनले जनताको अपेक्षा बमोजिम काम गर्न सकेका छैनन् । देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्नेमा तेस्रो दललाई सरकारको नेतृत्व दिएर जनमतको अपमान भएको छ । नेपालको राजनीति अहिले पनि सही ढंगले चल्न सकेको छैन । जबसम्म देशको राजनीति सही ढंगले चल्न सक्दैन तबसम्म देश र जनताले दुख्ख पाइरहने अवस्था बनिरहन्छ ।
आज देशको आर्थिक क्षेत्र सबै डामाडोल अवस्थामा छ । आर्थिक क्षेत्र बलियो नभए देशको विकास हुँदैन । आज नेपालमा मात्रै होइन, विश्वव्यापी रूपमा आर्थिक मन्दी छ । अमेरिका, युरोपजस्ता देशको आर्थिक नीति खल्बलिन लागेको छ । नेपालको आर्थिक नीतिलाई सबल र सक्षम बनाउनु सरकारको पहिलो कर्तव्य हो । त्यसलाई जग हाल्ने काममा सरकार लाग्नुपर्छ । राजनीतिक दलहरू र तिनका नेताहरूले राजनीतिक स्थिरताको अनुभूति अहिलेसम्म गराउन सकेका छैनन् । नेताहरू वास्तवमै व्यक्तिगत स्वार्थमा रुमल्लिए । देश र जनताको पक्षमा केही सोचेनन् । जसले गर्दा हामीमाथि उठन सकेनौं । यद्यपि राजनीतिक पार्टी र तिनका नेताहरू इमानदार बन्न जरुरी छ । त्यस्तो अहिलेसम्म देखिएको छैन । सबै आ-आफ्नो स्वार्थमा हिँडिरहेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता