चितवन । चितवन-२ मा आइतबार प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भइरहेको छ । सोही क्रममा भरतपुर महानगरपालिका-११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा भने केहीबेर तनाव भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उम्मेदवार रवि लामिछाने आएपछि उहाँका समर्थकले नाराबाजी गरेपछि नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव सृजना भएको हो ।
उम्मेदवार लामिछानेको पक्षमा उहाँका समर्थकले नाराबाजी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो ।
लामिछानेका समर्थकको नाराबाजी र प्रहरीको बल प्रयोगले केहीबेर सो मतदानस्थलमा तनाव सृजना भएको थियो । अहिले स्थिति सामान्य रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता