स्वर्णिमले आफैँलाई मतदान गर्न नपाउने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ–१ को उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफैँलाई भोट हाल्न नपाउने हुनुभएको छ ।

वाग्लेको मतदाता नामावली तनहुँ बाहिर रहेकाले उहाँले आफैँलाई मतदान गर्न नपाउने हुनुभएको हो। आफुले भोट हाल्न नपाउने भएपछि उहाँ बिहानदेखि मतदान केन्द्रहरूको अनुगमनमा हिँडिरहनुभएको छ ।

ADVERTISEMENT

वाग्लेले बिहान ७ बजे मतदान सुरु भएसँगै तनहुँको ब्यास २ स्थित सत्यवती माध्यमिक विद्यालयबाट अनुगमन सुरु गर्नुभएको छ । उपनिर्वाचनमा उहाँसहित तनहुँमा ११ जना उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *