वैदेशिक रोजगारसम्बन्धी ‘उज्वल सपना’ एप

Read Time = 1 min

काठमाडौ । इशारा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि उज्वल सपना नामक एप ल्याएको छ । उज्वल सपना एपले वैदेशिक रोजगारमा जाने प्रक्रियाका सबै चरण सहज तथा व्यवस्थित गर्ने इशाराले दाबी गरेको छ ।

वैदेशिक रोजगारमा जान चाहनेले एपमार्फत् वैदेशिक रोजगारमा काम खोज्न र आवेदन दिन सक्नेछन् भने राम्रा अवसर कसरी खोज्ने र शोषण तथा अनौपचारिक दलालको ठगीबाट कसरी बच्ने विषयमा सेवा प्रदायक तथा अन्य कामदारले प्रदान गर्ने उपयोगी जानकारीसमेत प्राप्त गर्न सक्ने बताइएको छ ।

ADVERTISEMENT

जिम्मेवार म्यानपावर कम्पनी र रोजगारदाताले उज्वल सपना एपमा विभिन्न रोजगारीका विज्ञापनका साथै वैदेशिक रोजगारमा जाने प्रक्रियाका सबै चरण व्यवस्थापन गर्ने इशाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?