संयुक्त राष्ट्रसंघ । लैगिंक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुन नदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
‘युएन वुमन सुडानमा जारी द्वन्द्वबाट हामी गम्भीर रूपमा चिन्तित छौं, हामी हाम्रा साझेदारहरूका साथ छौं, युद्धले सुडानी महिला र युवतीको जीवनमा गम्भीर प्रभाव पारेको छ । हामी सुडानका जनतासँग ऐक्यबद्धता जनाउँछौं, महिलाहरूलाई हिंसामुक्त राख्न प्रतिबद्ध रहनुहोस्’, लैगिंक समानतामा समर्पित उक्त निकायकी कार्यकारी निर्देशक सीमा बहौसले एक विज्ञप्तिमा भन्नुभएको छ ।
युद्ध चर्केसँगै यौन हिंसा र महिला हिंसाका घटना बढेका विवरण सार्वजनिक भएसँगै उक्त संस्थाले सहनशील सुडानी महिलाहरू शान्तिको खोजीमा रहेका तथा देशमा शान्ति कायम गर्ने दिशामा उनीहरूको भूमिका आवश्यक भएको बताउँदै विज्ञप्तिमा कुनै महिला कुनै पनि बहानामा प्रताडित वा हिंसाको शिकार हुन नहुने तथा उनीहरूको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ । साथै युएन वुमनले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गर्दै स्थायी युद्धविरामका निम्ति आहृवान गरेको छ । रासस/सिन्हृवा ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts