कोलम्बो । श्रीलंकाको बन्दरगाहमा व्यापारिक केन्द्र निर्माण हुनेभएको छ । श्रीलंका बन्दरगाह प्राधिकरण, स्थानीय सिभिल इञ्जिनियरिङ इन्टरप्राइज र चाइना पोर्ट होल्डिङस्ले संयुक्तरूपमा व्यावसायिक केन्द्र निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
शुक्रबार गरिएको सम्झौतानुसार कोलम्बो बन्दरगाहलाई आर्थिक गतिविधिका निम्ति आवश्यक पर्ने सबै भौतिक संरचनासहित दक्षिण एशियाकै प्रतिष्ठित एवं प्रतिस्पर्धी बन्दरगाहका रूपमा विकास गरिने जनाइएको छ ।
३९ करोड २० लाख अमेरिकी डलरको उक्त परियोजना पूरा भएपछि श्रीलंकाको आर्थिक उन्नयनमा थप योगदान हुने बताइएको छ । रासस/सिन्हृवा ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts