रुपन्देही । दुग्ध क्षेत्रको विविधिकरण गरी उत्पादन बजारीकरण गर्न रूपन्देहीका केही दुग्ध व्यवसायीहरूको पहलमा डेरी उद्योग स्थापनागरिएको छ ।
बुटवल–१४ बेलभरियामा रूपन्देहीका विभिन्न स्थानमा डेरीजन्य व्यवसाय गर्दै आएका व्यवासायीहरू, किसानलगायतको सहकार्यमा करिब डेढ करोड लागतमा डेरी उद्योग स्थापना गरिएको हो । जसको केहीमहिनामा नै उत्पादन बजारमा आउने छ ।
दूध, र दुग्धजन्य बस्तुको विविधिकरण गरी बजारीकरण गर्ने योजनाअनुुसार ‘विशेष डेरी उद्योग’ सञ्चालनको तयारी गरिएको उद्योगका अध्यक्ष गणेशसिंह भण्डारी बताउनु भयो ।
विगतलामो समयदेखि डेरी व्यवसायमा संलग्न भण्डारीको पहलमा अन्य व्यवसायीहरूको लागत साझेदारी र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्र कृति सहयोग आयोजना ईकाई बुटवलको अनुदानमा उक्त डेरी उद्योग सञ्चालनमा आउन लागेको हो ।
अहिले भवन निर्माण सकिएर उपकरण जडानको कार्य जारी रहेको विशेष डेरी उद्योग प्रालिका अध्यक्ष भण्डारीको भनाइ छ । प्रालि कै नाममा जग्गा खरिद गरी भवन निर्माण गरिएको हो । अत्याधुनिक डेरी प्लान्ट स्थापना गरी गुणस्तरिय दूध संकलन गरी गुणस्तरिय दुग्धपदार्थ उत्पादन, बिक्रीवितरण गर्ने उद्देश्य राखीएको अध्यक्ष भन्डारीले बताउनुभयो ।
जसको कुललागत १ करोड ४३ लाख १० हजार २ सय २४ रूपैयाँ रहेको छ । जसमा प्रालिको तर्फबाट २० प्रतिशत, ३० प्रतिशत बैंक तथावित्तीय संस्थाको लगानी ऋण लगानी र ५० प्रतिशत अनुदान नेपाललाई भस्टक सेक्टर ईनोभेसन आयोजनको रहेको छ ।
जसमा ६९ लाख ४८ हजार १ सय १८ रूपैयाँ अनुदान आयोजनाले प्रदान गर्ने सम्झौता भएको छ । यद्यपि कामको प्रकृतिअनुसार कार्यसम्पन्न पश्चातअनुदान पाउने भएको कारण घट्न समेत सक्ने बताइएको छ । जसमा एनएमवि बैंकले कुल ४४ लाख७१ हजार १ सय २ रूपैयाँ कर्जा लगानी गरेको छ भने व्यवसायीहरूले कुल २८ लाख ९० हजार ९ सय ९४ रूपैयाँ लगानी गरेका छन ।
उपआयोजनाका लगि २०७८ फागुन महिनामा सम्झौता भई काम सुरुवात गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा