राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित एम्समा उपचार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार सुरु भएको छ । उहाँको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार सुरु भएको हो । राष्ट्रपति पौडेललाई एम्सको भिआइपी आइसियुमा राखेर उपचार सुरु गरिएको छ ।
पौडेललाई बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएपछि परिवारका सदस्य र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान भनेपछि उहाँलाई भारत लगिएको हो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सातजना चिकित्सकको टोली छ । राष्ट्रपति पौडेललाई बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गर्नुभएको थियो । उहाँलाई उच्च सुरक्षासहित एम्स अस्पताल पु¥याइएको थियो ।

ADVERTISEMENT

राष्ट्रपति पौडेलको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा. अनन्त मोहन र आइसियु विज्ञ डा. पुनित मिश्रको टोली संलग्न छ । यसबीचमा भारतीय विदेश सचिव विनयमोहन क्वात्राले एम्समा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति नेपालमै उपचार गर्छु भन्नुहुन्थ्यो, मैले नै भारत पठाएँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई आफूले नै उपचार गर्न भारत जान सल्लाह दिएको बताउनुभएको छ । बुधबार तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले नेपालमा उपचार गर्ने इच्छा राखे पनि आफूले नै भारतमा जान सल्लाह दिएको सुनाउनुभयो । ‘उहाँ अस्वस्थ हुनुभयो तर, गम्भीर होइन । हिजो मैले उहाँसँग कुरा गरेँ । मैले भारत जान सल्लाह दिएँ । उहाँले नेपालमा उपचार गर्न चाहनुभएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?