सुन र चाँदीको भाउ बढ्यो

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ । यसअघि मंगलबार स्थिर रहेको सुन बुधबार भने ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने बढेको छ ।

बुधबार चाँदीको तोला १५ रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज