काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदै हुनुहुन्छ ।
रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उहाँ रुस जान लाग्नुभएको हो । बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उहाँको टोलीमा आठ जना सदस्य रहनेछन ।
अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि बैठक भने अनिश्चित कालका लागि स्थगित भएको छ ।






