नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो

रासस

फाईल तस्बिर

रासस
Read Time = 2 mins

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो लागेको छ । फागुनयता ती स्थानमा डढेलो लागेको हो ।

डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार हाल दुई हजार छ सय ५० हेक्टरमा डढेलो लागेको छ । डढेलो लागेको क्षेत्र बढ्न सक्ने उहाँले बताउनुभयो ।

‘फागुनभन्दा चैतमा यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको पाइएको छ’, उहाँले भन्नुभयो । धेरैजसो क्षेत्रमा आगो नियन्त्रणमा आएको गौतम बताउनुहुन्छ । ‘अहिले थप केही क्षेत्रमा डढेलो लागेको सूचना प्राप्त भएको छ’, उहाँले भन्नुभयो ।

ADVERTISEMENT

डढेलो नियन्त्रणका लागि समय समयमा यस सम्बन्धी कार्यक्रम वन कार्यालयले गर्ने गरेको छ । सामुदायिक वनले हेरालु राख्ने गरेका छन् । उनीहरूले अग्नि नियन्त्रण समूहसमेत बनाएका छन् । आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रनेलगायत धारणाका कारण स्थानीयले आगो लगाउने गरेको पाइएको गौतमले बताउनुभयो ।

‘पहिला–पहिला खोरिया फाड्न वनमा आगो लगाउने चलन थियो, हाल यस्तो गरेको पाइँदैन, उहाँले भन्नुभयो । डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ । धुवाँले आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या आउनेलगायत स्थिति रहेको मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताउनुभयो । चश्मा प्रयोग गर्ने, बेला–बेलामा चिसो पानीले आँखा धुने, मास्क लगाउनेजस्ता उपाय अपनाउन उहाँले सबैमा आग्रह गर्नुभयो । नवलपुरमा करिब ७० हजार चार सय हेक्टर वन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?