सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननिय योगेन्द्रबहादुर शाहीले दिगो बिकास लक्ष्यमा पुग्न गुणस्तरी शिक्षा पहिलो आवश्कता रहेको बताउनु भएको छ ।
मंगललबार सुर्खेतमा भएको कर्णाली प्रदेश स्तरीय युवा सञ्जालको बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहीले यस्तो बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका शाहीले कर्णाली प्रदेश हरेक सम्भावना बोकेको एक प्रदेश भएको बताउँदै जीविकोपार्जन, जैविक विविधता संरक्षण लगाएत हरेक परिवर्तनका क्षेत्रमा युवाहरु जागरुप भएर लाग्नुपर्ने बताउनु भयो ।
उपाध्यक्ष शाहीले भन्नु भयो, वातावरण संरक्षण, उद्यमशिलता र समृद्धीको सुनिश्चितता युवाको काधमा रहेको भएतापनि राजनीतिक दलले स्वार्थ अनुसार युवाहरुलाई परिचालन गर्दा सामाजीक कामहरु उद्योगतीमा लागेको स्मरण गर्दै मानअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालद्धारा सञ्चालित ग्रामीण हिमाली क्षेत्रमा दिगो जिजिकोपार्जन तथा जैविक विविधता संरक्षण (सुलभ) परियोजनाको उद्देश्य नै वातावरणको संरक्षण गर्ने र युवाहरुलाई प्रोप्तसाहित गर्ने भएकाले यसको लक्षय अनुसार युवा परिचालन हुन सक्नु पर्ने उहाँले बताउनु भयो ।
कार्यक्रमका बिषेश अथिती गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज घनश्यम केसीले राजनीति अधिकारका लागि भन्दै युवालाई चुनाव र आन्दोलनसँग मात्र जोडेर हेर्दा आगामी नेतृत्व असक्षम हुने बताउनुभयो ।
हामी सबै सामाजिक अभियान्ताले युवाहरुलाई राजनीति अधिकार सँगसँगै उत्पादन र सेवामूलक क्षेत्रमा उर्जा खर्चिन लगाउनु पर्ने बताउनुभयो । इन्चार्ज केसीले कर्णाली जस्तो क्षेत्रका युवाहरुले आफ्नो समस्या अर्थात प्रदेशको बिषयबस्तु निर्धक्का साथ राख्न सक्ने क्षमताको विकास गरेकोमा मानवअधिकार तथा बावावरण बिकास केन्द्र कालीकोटलाई धन्यवाद दिदैँ यस्ता युवा लक्षित कार्यक्रहरु बिकट प्रदेशमा आवश्यक रहेकाले यसलाइ निरन्तरता दिनु पर्ने बताउनुभयो ।
टि.डि.एच जर्मनीको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालद्धारा सञ्चालित ग्रामिण हिमाली क्षेत्रमा दिगो जिजिकोपार्जन तथा जैविक विविधता संरक्षण (सुलभ) परियोजनाको आयोजनाका सुर्खेतको गोठीकाँडामा भएको प्रदेश स्तरीय युवा संञ्जलाको बैठक तथा अन्तरक्रिया कार्यक्रमको बारेमा जानकारी दिदैँ संस्थाका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले जैविक विविधताको संरक्षण र सम्बद्र्धनसंगै जलवायु परिवर्तनका नकारात्मक असरलाई कम गराउने जिम्मा युवाहरुकै हातमा रहेको बताउनुभयो ।
बुढाले यो कार्यक्रम तथा यस्था भेलाहरु जिल्ला, प्रदेश र केन्द्रमा प्रत्येक वर्षमा एक पटक गरेको समेत बताउँदै हुरेन्डेक कालीकोटले अधिकारको क्षेत्रसँगै बिभिन्न पूर्वाधार निमार्णका क्षेत्रमा पनि संस्थाले काम गरेको बताउनु भयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष, हरि प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टाराई, हुरेन्डेक कालीकोटका कार्यक्रम निर्देशक भरतमणि सुवेदी, लेखा तथा प्रशासन अधिकृत प्रेम बहादुर शाही, शुलभ परियोजनाका परियोजना संयोजक सुमन ढकाल, संस्था द्धारा संचालित बिभिन्न कार्यक्रमका कार्यक्रम संयोजक, प्रदेशका १० वटै जिल्लाका युवाहरु लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।
नेपाल युवा सञ्जालका कर्णाली प्रदेश संयोजक तथा केन्द्रिय उपाध्यक्ष दिलिप कुमार शाहीको अध्यक्षतामा उद्धघाटन भएको कार्यक्रम बिहिबार सम्म सञ्चालन हुँने अयोजक संस्थाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच