✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ वैशाख ५ गते मंगलबार, ई.सं १८ अप्रिल, २०२३ । तिथि- वैशाख कृष्णपक्ष त्रयोदशी, नक्षत्र- उत्तरभाद्रपदा, योग- ऐन्द्र, करण- वणिज, चन्द्रराशि- मीन, सूर्योदयः ५ः३९, सूर्यास्तः १८ः२९ ।
मेष : धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ ।
वृष : लामो समयदेखि चलिरहेको वादविवादसम्झौतामा टुंगिनेछ ।
मिथुन : केही समयलाई वादविवादबाट टाढै रहनु बेस हुनेछ ।
कर्कट : उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ ।
सिंह : परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन् ।
कन्या : नोकरी तथा राजनीतिमा विशेष लाभ हुनेछ ।
तुला : लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ ।
वृश्चिक : खानपानले पेटको समस्या आउन सक्छ ।
धनु : धन, उपभोग्य वस्तु र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ ।
मकर : अरुका काममा समय खर्चनुपरे पनि कालान्तरमा फाइदा हुनेछ ।
कुम्भ : पेसा-व्यवसायबाट पनि नियमित आम्दानी भइरहनेछ ।
मीन : प्रतिभाले मान-सम्मान समेत दिलाउनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts