नियमित विद्युत् आपूर्तिको माग

Read Time = 2 mins

विराटनगर । उद्योग संगठन मोरङले उद्योगमा नियमित विद्युत् आपूर्तिको माग गरेको छ । लामो समयदेखि बजारमा व्याप्त मन्दी, बैंकको चर्को ब्याजदरलगायत आन्तरिक तथा बाहृय कारणले शिथिल बनेको उद्योग व्यवसाय क्षेत्रले २०७९ पुसदेखि भोग्दै आएको विद्युत्को अनियमित आपूर्ति, बारम्बार ट्रिपिङ, लो भोल्टेज, पूर्वसूचना नदिई विद्युत् कटौतीजस्ता कारणले झनै मरणासन्न अवस्थामा पु¥याएको संगठनको भनाइ छ ।

वर्तमान विषम परिस्थितिमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तुमाथिको परनिर्भरता कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउँदै आएको उद्योग व्यवसाय विद्युत् समस्याका कारण निर्वाधरूपमा सञ्चालन हुन सकेनन् भने बन्द गरी उद्योगी/व्यवसायी सडकमा आउनुको विकल्प नरहने भन्दै संगठनले सरकार तथा सम्बन्धित निकायलाई सचेतसमेत गराएको छ ।

ADVERTISEMENT

विद्युत् आपूर्तिमा आइरहने समस्याका कारण उत्पादन प्रक्रिया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिल मेसिनरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाइ भई अनावश्यकरूपमा सञ्चालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुँदै गएको र उत्पादित वस्तुको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमतामै ह्रास आइरहेको संगठनले जनाएको छ ।

वर्तमान जटिल अवस्थाका बाबजुद सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानले विद्युत् आपूर्तिमा आइरहने समस्याका कारण भोग्नुपरेको गम्भीर नकारात्मक प्रभावलाई दृष्टिगत गरी नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति समस्यालाई समस्याका रूपमा लिई उचित निकास दिनुपर्ने संगठनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज